ट्रक र बस एकापसमा ठाेक्किँदा कम्तिमा २० काे मृत्यु, २१ घाइते

पुस २६, एजेन्सी। भारतकाे उत्तर प्रदेशमा भयानक दुर्घटना भएकाे छ । भारत उत्तर प्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको छ । २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् । 

यो घटना कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । स्थानीय मिडियाहरुका अनुसारमा बसमा ६० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई-दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *