राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

पुस १७, काठमाडौँ ।  अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. गुणाकर भट्ट  नेपाल राष्ट्र बैंकको प्रवक्तामा  नियुक्त भएका छन् । 

बुधबार राष्ट बैंकले सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्ट प्रवक्तामा नियुक्त भएको जानकारी  दिएको हो ।   

अर्थशास्त्रमा विद्यावारिधि गरेका  डा. भट्ट हालका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि रिक्त रहेको पदपूर्ती गर्न  राष्ट्र बैंकले उनलाई नियुक्त गरेको हो ।   

Image result for डा. गुणाकर भट्ट

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *