भ्रमण वर्षको पहिलो दिन के के छन् चितवनमा कार्यक्रम ?

पुष १६, चितवन ।  नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पहिलो दिन चितवनमा विविध कार्यक्रम हुदैछन् ।   

यहाँका स्थानीय तह,पर्यटन विकास समिति,व्यवसायीहरुले पर्यटकको स्वागतदेखी प्रदेशस्तरीय संस्कृति प्रर्दशन हुन  लागेको नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय तथा आयोजक समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीले बताए ।   

बुधवार प्राय सवै ठाउँमा पर्यटकको स्वागत कार्यक्रम तय भएको छ । भरतपुर महानगरपालिकले र्यालिसहित भरतपुर विमानस्थलमा पर्यटकको स्वागत गर्दैछ । स्वागत अघि भ्रमण वर्षको महानगर स्तम्भको नारायणी नदि किनारमा सिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्तम्भको सिलान्यास गरिन् ।   

चितवनको खैरहनी नगरपालिकासहित विभिन्न संघसंस्थाले कुचकुचे जंगलमा जीप सफारी र भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका भ्रमण वर्ष आयोजक समिति संयोजक डल्लाकोटीले वताए । रत्ननगर नगरपालिकाको सौराहा वसपार्कमा पर्यटकको स्वागत गर्ने कार्यक्रम छ ।   

सौराहामै प्रदेश सरकार र यहाँका व्यवसायीहरुको आयोजनामा प्रदेश स्तरीय संस्कृति प्रर्दशनसंगै पर्यटकलाई लक्षित गर्दै फुड फेस्टिवल समेत हुदैछ । प्रदेश सरकारले पुष १८ गते औपचारिक कार्यक्रम गरेर सौराहाबाट भ्रमण वर्षको शुभारम्भ गर्न लागेको छ । भरतपुरको पटिहानी र माडी नगररपालिकामा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम छ ।   

पटिहानी पर्यटन विकास समितिले औपचारिक कार्यक्रम गरि पर्यटकको स्वागत गर्न लागेको हो । पटिहानी सरकारले पछिल्लो पटक घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा समेत परेको छ । चितवनको इच्छाकामना गाउँपालिकाले मौवा खोलामा पर्यटकको स्वागत गर्ने कार्यक्रम राखेको छ ।   

भ्रमण वर्षकै अवसरमा प्रदेश सरकारले चितवन माडीको सोमेश्वर गढीमा राष्ट्रिय झन्डा फहराउने कार्यक्रम राखेको छ । सोमेश्वरगढी पनि १०० पर्यटकीय गन्तव्यमा परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *