श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि डाक्टरद्वारा आत्महत्या

पुस २७ । ३१ वर्षीया महिलाले आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी छिन् । 

ओरियन्टल डेलीका अनुसार चीनको चोङ्गक्विङ्गकी ती महिला डाक्टर थिइन् । उनका आमाबुवा छोरीको उपलब्धिमा निकै गर्व गर्दथे । जब उनले आफ्नो स्नातक तह सिद्धाइन् तब एक पुरुषसँगको प्रेममा परिन् । भेट भएको पाँच महिनापछि उनीहरुले विवाह गरे । तर विवाहपछि उनीहरुको सम्बन्धले खासै रङ्ग ल्याउन सकेन । 

सुरुमा यो जोडीले एकअर्कालाई निकै मायालु व्यवहार गर्दथे । तर ती पुरुषले श्रीमतीलाई भिन्न बेडमा सुत्न आग्रह गर्न बेर नै लागेन । श्रीमानको यस्तो आग्रहमा ती महिला दुविधामा परिन् र श्रीमानलाई कसरी सहयोग गर्ने भन्ने बारे बिचारसमेत गर्न थालिन् । 

उनले यसका लागि इन्टरनेटको पनि सहारा लिइन् । कतिले उनका श्रीमान समलिङ्गी भएको हुनसक्ने आशंका गरे । त्यसपछि ती महिलाले आफ्नो श्रीमान्को यौन अभिविन्यासबारे लगातार प्रश्न गरिरहिन् । निकै कर गरेपछि उनले श्रीमतीलाई आफू द्विलिंगी भएको बताए । त्यतिबेला ती पुरुषले रुँदै आफूलाई मन परेकाले नै उनलाई विवाह गरेको बताएको बताइन्छ । 

ती महिलाले श्रीमानलाई निकै दुःखी देखेपछि माफी दिएको बताइन् । 

यद्यपि, महिला डाक्टरले आफ्नो श्रीमानको फोनमा अन्य पुरुषको मेसेज आएको देख्न थालिन् । त्यसपछि श्रीमतीले कडा रुपमा प्रस्तुत भएर प्रश्न सोध्दा आफू समलिङ्गी भएको श्रीमानले स्विकार गरेको ओरियन्टल डेलीलाई उद्धृत गर्दै वर्ल्ड अफ बजले बताएको छ । बताएको छ । 

त्यसपछि ती महिलाले त्यसै रात सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् तर दिन ढल्नु अघि नै भवनबाट हाम फालेर आत्महत्या गरिन् । 

ती महिलाका आमा–बुवाले छोरीको आत्महत्याका लागि ज्वाईं जिम्मेवार भएको बताएका छन् । छोरीले आफ्ना श्रीमानले पुरुषलाई मात्रै मन पराउने र महिलालाई मन नपराउने भन्दै आफूलाई फोनसमेत गरेको महिलाका आमाबुवाले जानकारी दिए । 

मुद्दा चलाउने वकिलका अनुसार आत्महत्या गर्ने ती ३१ वर्षे महिला एक्लो सन्तान भएको र घटनाका बेला उनले विवाह गरेको ६ महिनामात्रै पुगेको थियो । 

श्रीमानले विवाह गर्ने बेला आफू समलिङ्गी भएको कुरा लुकाएको जसका कारण यी दुई बीच झगडा हुँदा महिलाले आत्महत्यासम्मको बाटो रोजेको ती वकिलले बताए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *