उडानका क्रममा विमानकाे चक्का फुस्किएपछि…

पुस २१, क्यानाडा । क्यानाडामा उडानका क्रममा एउटा विमानले धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि विमानस्थल परिसरमा ठूलै हल्लीखल्ली मच्चियो । 

मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान भरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि जोखिममा परेको थियो । विमानभित्रकै एक यात्रीले धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई क्यामेरामा कैद गरिरहेका थिए । संयोगवस उनले विमानको चक्कालाई नै फोकस गरेर दृष्य कैद गरिरहेका थिए । 

यत्तिकैमा विमान धावनमार्ग छाडेर उड्यो, तर दुर्भाग्यवस् एउटा टायर फुस्किएर धावनमार्गमै गुडिरह्यो । 

यसबारेमा उनले विमानकर्मीलाई जानकारी गराए । जानकारी पाउनासाथ पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमानको ‘ल्यान्डिङ गियर’ अर्थात् चक्का फुस्किएको जानकारी गराउँदै आकस्मिक अवतरणका लागि अनुमति मागे । 

लगत्तै विमानस्थलमा आपतकालीन अवतरणका लागि प्रवन्ध मिलाइयो । विमानस्थलका अधिकारीहरुका अनुसार उक्त विमान सकुशल अवतरण गराइएको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेको र कुनै अप्रिय घटना नभएको अधिकारीहरुले जनाएका छन् । 

फ्लाइट अपरेटरले पाइलटको प्रशंसा गर्दै भने, ‘आपतकालिन अवस्थाको सबै तयारी गरिएको थियो, पाइलटले आफ्नो कुशलताको परिचय दिँदै सकुशल अवतरण गराए, अरु कुनै प्रकारको सहयोगको आवश्यकता परेन ।’ 

विमानभित्रबाट भिडियो खिचेका यात्रुले समाचार एजेन्सीहरुलाई भने, ‘म झ्यालबाट बाहिरको दृष्य समेटेर भिडियो खिचिरहेको थिएँ, चक्का उछिट्टिएको देखेपछि एकछिन त म छक्क परेँ ।’     

उक्त विमानका यात्रुलाई अर्कै विमानबाट गन्तव्यमा पठाइएको थियो ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *