एन्फाको विधान विपरित प्रदेश कमिटी गठन गरेको गणेश थापाको आरोप

पुस २७, काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा)को १ नं. प्रदेश कमिटि गठन गरिएको प्रति पूर्वएन्फा अध्यक्ष गणेश थापाले गम्भिर आपत्ति जनाएका छन् । उनले प्रदेश कमिटि कुन विधान र धाराले बनेको भन्दै प्रश्न समेत उठाएका छन् ।   

थापाले एन्फामा कयौ विधान विपरितका निर्णयहरु भइरहेको दावि गर्दै प्रदेश १ कमिटि पनि एन्फाको विधान विपरित रहेको जिकिर गरेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद्ले समेत एन्फालाई विधान विपरित काम गर्न छुट दिएको भन्दै कुनै दिन सम्बन्धित निकायले यसको जवाफ दिनुपर्ने बताएका छन् ।   

थापाले प्रदेश १ कमिटि गठन गर्दा एन्फा कार्यसमितिको बैठक विना नै गरिएको दावि गरेका छन् । ‘यो समिति विधानको कुन धाराले गठन गरिएको हो रु, यो निर्वाचन समिति होकी तदर्थ समिति हो ? ’ भन्दै प्रश्न उठाएका छन् ।   

उनले ‘यस्ता महत्वपूर्ण निर्णयहरु गर्दा एन्फा कार्यसमिति निर्णय बिना नै गर्न सकिन्छ रु’ भन्दै प्रश्न उठाएका छन् । साथै थापाले ‘यदि सकिन्छ भने विधानको कुन धाराले यो अधिकार दिएको छ ।’ प्रष्ट्याउन भनेका छन् ।   

उनले ‘तदर्थ समिति हो भने एन्फाको कार्यसमितिले मात्र गठन गर्न सक्दछ । यदि निर्वाचित समिति हो भने निर्वाचनको कुनै प्रक्रिया भएको देखिँदैन ।’ भनेका छन् । उनले एन्फामा कैयौं विधान विपरीत कार्यहरु हुँदापनि खेलकुदको सर्वोच्च निकाय खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्ले नै छुट दिइरहेको आरोप पनि लगाएका छन् ।   

उनले विधान अनुसार गठन नभएको समितिमा नबसी वैधानिक समिति बनाएर बस्नको निमित्त किशोर राईलाई पनि आग्रह गरेका छन् । कुनै समय एन्फामा गणेश थापालाई अन्धभक्त भएर समर्थन गर्ने सुनसरी धरानका किशोर राई पछि गणेश थापाकै भ्रष्टाचारको विरुद्ध मोर्चाबन्दीमा उत्रिएका थिए ।   

कर्माछिरिङ शेर्पासँग मिलेर एन्फाबाट गणेश थापालाई हटाउन मुख्य भूमिका रहेका किशोर राई अहिले एन्फाकै मानार्थ उपाध्यक्ष समेत छन् । 

धरानमा आयोजित भेलाले किसोर राईको अध्यक्षतामा सर्वसम्मत २० सदस्यीय प्रदेश १ समिति गठन गरेको थियो । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पासमेतको उपस्थितिमा भएको भेलाले सर्वसम्मत प्रदेश समिति गठन गरेको थियो ।   

भेलाले प्रविण सुवाल, गणेश राई, दिपक श्रेष्ठ र सुरेश साह लाई उपाध्यक्षमा चयन गरेको थियो । १ नं। प्रदेश एन्फाको महासचिवमा भगीरथ आले, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ र सचिवमा नविन राई चयन भएका छन् । 

सदस्यहरुमा गोविन्द राई, रजन कार्की, मनिष दाहाल, देवेन्द्र बास्तोला, शेखर राई, बिनेश बस्नेत, अनुरोध थापा, समिर राई, सुदिप उप्रेती, दुर्गा श्रेष्ठ, कौशिला सुब्बा र आशा राई पनि चयन भएका छन् ।   

एन्फा केन्द्रीय अध्यक्ष शेर्पा र केन्द्रीय सहमहासचिव वसन्त अर्याल, प्रवक्ता किरण राई, केन्द्रीय सदस्य दिपक राईको उपस्थितिमा प्रदेश कमिटि गठन भएको थियो । प्रदेश १ मा ११ जिल्लामा फुटबल संघ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *