उपसभामुखलाई राजीनाम दिन दबाब दिएकोमा महिला सुरक्षा दबाब समूहको आपत्ति
२०७६ माघ २ गते

२ माघ, काठमाडौं । महिला सुरक्षा दबाब समूह नेपालले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै आप्पत्ति जनाएको छ ।
सभामुखमा तुम्बाहाङ्फेको दाबी स्वभाविक भएको समेत उसले बताएको छ । समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुम्बाहाङ्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाब दिएको प्रति हाम्रो आपत्ति छ ।’
समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








