रत्ननगरमा चिकेन एण्ड एग फेस्टिवल सुरु

पुष २९, चितवन ।  पूर्वी चितवनको रत्ननगरमा चिकेन एण्ड एग फेस्टिवल मंगलवार सुरु भएको छ । रत्ननगर महोत्सव आयोजना गरेको रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको अवसर पारेर कुखुराको मासु र अण्डाको खपत बढाउन सौराहाचोक स्थित बसपार्कमा फेस्टिवलको आयोजना गरेको छ ।  

फेस्टिवल एक कार्यक्रमका बीच वागमती प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । सो अवसरमा मन्त्री लामाले पोल्ट्रीका क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै सरकारले निजी क्षेत्रसंग मिलेर समस्या समाधान गर्ने बताए । पोल्ट्रीको प्रर्वधन र बजारीकरणका लागि पनि निजी क्षेत्रसंग प्रदेश सरकार हातेमालो गर्नेमा विश्वस्त हुन आग्रह गरे । 

 चितवनमा वि.सं. २०५० सालदेखी व्यवसायिक रुपमा सुरु भएको पोल्ट्री अहिले नेपालकै अग्रणी जिल्लाको रुपमा छ । फेस्टिवल उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले नेपालमा वार्षिक प्रति व्यक्ती ६१ वट अण्डा र ५.४ किलो कुखुराको मासु खपत हुदै आएको बताए । देशको खुल्ला सिमानाका कारण गैरकानुनी रुपमा चल्ला,कुखुरा,मासु,अण्डा,दाना भित्रदा गुणस्तरीय उत्पादनमा चुनौती थपिएको भन्दै अध्यक्ष रेग्मीले यसको नियन्त्रणका लागि सरकारले कदम चाल्नु पर्ने बताए ।  

 फेस्टिवलमा कुखुराका र अण्डाका परिकार पाईने स्टलसहित विभिन्न जातजातिका खानेकुरा समेत उपलव्ध हुने फेस्टिवलका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुरालले बताए । उनका अनुसार फेस्टिवलमा रहेका स्टलहरुमा उपभोक्ताको चाहाना अनुसारका कुखुराका मासुका परिकार र अण्डाका परिकार पाईनेछ । ५० वटा स्टल रहेको फेस्टिवल माघ ४ गते सम्म चल्नेछ । १० औं रत्ननगर महोत्सव भने टिकौली चौरमा जारी छ । पुष २५ गते सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *