नेकपा प्रदेश नं.३ को संसदीय दलको बैठकमा नेताहरुको विरोध

पुस १९, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलमा नेताहरुले विरोध गरेका छन् ।
प्रदेशको नाम र राजधानी पार्टी सचिवालयले तोकेकोमा नेताहरुले विरोध गरेका हुन् । गत शुक्रबारबाट सूरु भएको बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानीबारे तल्लो तहमा छलफल नै नगरी पार्टीले निर्णय गरेको गुनासो गरेका छन् ।
प्रदेशसभाबाट टुङ्ग्याउनुुपर्ने बिषयलाई पार्टी सचिवालयले गरेर केन्द्रीयता लादेको नेताहरुले बताए । प्रदेशको राजधानी हेटौंडा भुगोलको हिसाबले अपायक ठाउँ भएको समेत कतिपयले बताएका छन् ।
मकवानपरका साथै काठमाडौ र सिन्धुलीका केही संसदले हेटौंडालाई नै राजधानी कायम गर्न जोड दिएका छन् । अस्थायी रुपमा कायम भएको भएपनि धेरै संरचना निर्माण भएकाले हेटौंडाको विकल्प खोज्न नहुनेमा जोड दिए ।
पहिलो दिन २३ जनाले बोलेको र बैठक भोलिसम्म चल्ने मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए ।








