कांग्रेसभित्र निष्ठा र वैचारिक राजनीति हुन छाड्यो : शेखर कोइराला

माघ १२, लमजुङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टी भित्र निष्ठावान र ईमान्दार व्यक्तिलाई किनारा लगाउँदै जान थालिएको र मुल्यांकनको परिपाटी हराउँन थालेको बताएका छन्।
नेपाली कांग्रेस बेसीशहर नगरसमिति वडा न. १ ले लमजुङको उदिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउँन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए। आफु पार्टीभित्र वैचारिक उर्जा भर्ने अभियान लागेको बताउँदै उनले पार्टी यतिबेला इतिहासकै कठिन मोडमा पुगेको बताए।
नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा अझ बढेको बताउँदै उनले १४ औं महाधिवेशन पछि भागबण्डा र गुटको अन्त्य हुने दाबी गरे । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए।

कार्यक्रममा लमजुङ् कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पुर्व सभापती यज्ञबहादुर थापा, तनहु कांग्रेसका पुर्व सभापति ध्रुव वाग्ले, खोटाङ् कांग्रेसका पुर्व सभापती सुभाष पोख्रेलले एकै स्वरमा बर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिती र कार्यकर्ताको भावना अनुसार अगाडी बढ्न नसकेको बताए।








