चोरलाई पटक–पटक रङ्गे हात समातेर पिटेपछी दम्पती जेलमा

माघ २, क्यालिफोर्निया । अमेरिकाको क्यालेफोर्नियामा एक दम्पतीलाई प्रहरीले अनौठो मुद्दामा गिरफ्तार गरेको छ । ती दम्पतीले विगत सात महिनादेखि चोरलाई पटक–पटक रङ्गे हात समातेर पिट्ने गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

भिसालिया सहरमा बस्दै आएका ती दम्पत्तिले आफ्नो टोलमा चोरको बिगबिगी बढेपछि चोरलाई रङ्गे हात समात्ने योजना बनाएका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुले आफ्नो घर बाहिर एउटा साइकल छाड्ने गरेका थिए, जसमा क्यामेरा जडान गरिएको हुन्थ्यो । 

उक्त साइकल चोर्नका लागि चोर आउनासाथ उनीहरु उक्त क्यामेराको मद्दतले घरबाटै चोरलाई देख्थे । चोर साइकल चोर्न लागिरहेको समयमा उनीहरु बेसबलको ब्याट लिएर हिर्काउन थाल्थे । 

सात महिनादेखि पटक–पटक यसरी चोरलाई पिट्दै आएका दम्पतीलाई प्रहरीले उजुरीविना नै पक्राउ गरेको जनाइएको छ । 

उनीहरु आफैले चोरलाई पिटेको दृष्य युट्युवमा अपलोड गरेको र उक्त भिडियो भाइरल भएपछि प्रहरीले ती दम्पतीको पहिचान गर्दै पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार गत जुन महिनादेखि नै उनीहरुले यसरी चोरलाई पिट्दै आएका थिए । यद्यपि कुनै पनि चोरलाई उनीहरुले गम्भीर चोट नपुर्याएको प्रहरीको भनाइ छ । 

प्रहरीलाई अहिलेसम्म कसैले पनि ती दम्पत्तिले आफूलाई पिटेको भन्दै उजुरी गरेका छैनन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *