आज माघ ३ गते शुक्रबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ ३। शुक्रबार। इ.स. २०२० जनवरी १७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। सप्तमी, ११:०९ उप्रान्त अष्टमी। नक्षत्र– चित्रा, २८:४८ बजेउप्रान्त स्वाती। योग– सुकर्मा, १८:५७ बजेउप्रान्त धृति। करण– वव, ११:०९ बजेदेखि वालव, २२:०२ बजे उप्रान्त कौलव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कन्या, १७:३४ बजे उप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २६ घडी १ पला। अष्टमी व्रत। गोरखकाली पूजा। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =