धरानमा पौष १९ देखि २० औँ गोधुली रनिङ्ग कप हुँदै

पुस १७, धरान । सुनसरीको धरानमा बि.स. २०५० साल भदौ २० गते स्थापना भई सोही वर्षबाट सञ्चालन गर्दै आएकोे वडा स्तरिय गोधुली फुटबल रनिङ्ग कपको २० औँ संस्करण यस वर्ष आउदै गरेको पुष १९ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ ।
गोधुली क्लब धरानको आयोजनामा हरेक वर्ष हुँदै आएकोे उक्त प्रतियोगिता धरान १६ स्थित प्रादेशिक रङ्गशालामा आउदो पुष १९ गतेबाट सुरु भई माघ ४ गते सम्पन्न गर्ने धरानको बुद्धचोक स्थित एम सी क्याफेमा शुक्रबार गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगितामा सहभागि हुने टिमलाई आयोजकले यस पटक सामाजिक कार्य गर्नका लागी अनुरोध समेत गरेको क्लबका सचिव युवराज अधिकारीले बताए ।

सचिव अधिकारीका अनुसार खेलाडीहरूलाई सामाजिक उत्तरदायित्व तर्फ अग्रसर गराउनका लागी यस प्रतियोगितामा सहभागी हुने क्लबले आफनो वडामा केही सामाजिक कार्य गरेको हुनुपर्ने बताए ।
प्रतियोगिताको बिजेतालाई यस पटकको पुरस्कार राशी बढाएर नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेतालाई समेत बढ्ने गरी नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।
यस पटकको प्रतियोगितामा ८ वटा विधागत पुरस्कार समेत आयोजकले राखेको छ । जहाँ उत्कृष्ट खेलाडीलाई नगद ११ हजार उदयीमान खेलाडीलाई ५ हजार ५ सय उत्कृष्ट डिफेन्डर, म्यान अफ द म्याचलाई ५ हजार ५ सय, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५ सय, उत्कृष्ट कोचलाई ५ हजार ५ सय र सर्वोत्तम गोलकर्तालाई नगद ७ हजार ५ सयले पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगीतामा एक क्लबबाट २० खेलाडी र २ अफिसियल गरी २२ जना सहभागी हुन पाउने आयोजकको भनाई छ । प्रतियोगिताको प्रवेश शुल्क ५ हजार रहेको छ । अघिल्लो वर्ष १८ टिमको सहभागीता रहेको प्रतियोगितामा आयोजक धरान १७ बिजयी बेनेको थियो ।
यसैबीच सम्मेलनमै गोधुली क्लबका अध्यक्ष देश कुमार राईले यसै वर्षबाट करीब २ करोडको लागतमा भवन निर्माण सुरू गर्ने पनि जानकारी दिए भने क्लबले यसै वर्षबाट क्लबको नाममा धरान १७ मा नै रहेको १५ धुर जग्गामा भवनको निर्माण पनि थालनी गर्नेछ ।
जहाँ क्लबको बिभिन्न समयमा गरेको प्रतियोगीताको नाफा र सहयोगीहरुबाट संकलन गरेको रकमले क्लबले २ वर्ष अघि जग्गा समेत खरीद गरीसकेको छ । खेलको सम्पूर्ण खर्च १२ लाख ५ हजार ६ सय ६६ रुपैयाँ रहेको आयोजक गोधुली क्लबले अनुमान गरेको छ ।








