‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा

पुस २३, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले  ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।   

भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एप्प शुरुआत गरिएको छ ।  तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । 

तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट  ‘भिजिट मधेस नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा प्रर्वधन एवं चिनाउँदै अगाडि बढिरहेको छ । रासस 

Image result for नेपाल भ्रमण वर्ष २०२०

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =