श्रीस्वस्थानीमा ब्रतालुले पालना गर्नुपर्ने यी नियम

पुस २७,  काठमाडौं ।  स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना सम्म चल्ने एकदमै कठिन ब्रत हो ।   

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको कामना पुरा भएको विश्वासमा श्रीस्वस्थानी व्रतकथा प्रचलन रहेको विश्वास गरिन्छ ।   

स्वस्थानी व्रत  बिशेष महिलाहरूले लिने कठिन ब्रत हो यो ब्रतमा भगवान शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ ।  स्वास्थानीको ब्रत लिदाँ का स्वास्थानी पढ्दा आफ्नो ईच्छा आकाक्षा पुरा हुनुको साथै जिवनमा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास परम्परा देखी नै रहँदै आईरहेको छ ।  स्वस्थानी व्रत लिँदा केही नियम पालना गर्नु पर्ने हन्छ अनी मात्रा आफूले गरेको ब्रत पूर्ण रुपले पुरा हुन्छ । ती नियमहरु के–के हुन् तल बताईएको छ ।   

Image result for श्रीस्वस्थानी व्रत

 व्रतालुले पालना गर्नुपर्ने नियम 

– व्रतालुले श्रीस्वस्थानीको अघिल्लो दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गर्नुपर्छ । 

– अघिललो दिनबाटै सात्विक भोजन खानुपर्छ । 

– श्रीस्वस्थानी देवीको पूजा गर्ने ठाउँमा रातो माटो र गोबरले लिपेर शुद्ध बनाउँनुपर्छ । 

– व्रतालुले व्रतअवधि भर भुइमा सुत्नुपर्छ । 

– व्रतालुले एकछाक मात्र खानुपर्छ । 

– व्रत अवधिभर कसैले पनि रौँ तथा हात गोडाका नङ काट्नुहुँदैन । 

– व्रत अवधिभर कसैसंग झगडा गर्ने, दुर्वचन बोल्ने, झुटो बोल्ने क्रोध गर्ने, कसैप्रति दुर्भाव राख्ने, चोरी गर्ने लगायतका कार्य गर्नुहुँदैन् । 

– पालन नगर्ने, असुद्ध बस्त्रहरू लगाउने, शौचालय गएपछि सफाई नगर्ने जस्ता कामहरु गर्नुहुँदैन । 

– पूर्णीमाका दिन विहानै उठी नदिमा स्नान गरी शुद्द वस्त्र पहिरिएर कुशको आसनमा बस्ने गर्नुपर्छ । 

– पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य राखेर शुद्ध बन्नका लागि पिउने गर्नुपर्छ । 

– पूजा अवधि भर स्वस्थानी देवीमा मात्र चित्त लगाउनुपर्छ । 

– पूजा पछी श्रीस्वस्थानी माता लाई अर्घ्य दिनु पर्दछ ।(साँझको पूजा पछी श्री स्वस्थानी माताको कथा वाचन गर्नु पर्दछ । 

– कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । 

– कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मणद्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैलाई वाचन गर्न लगाउनुपर्छ । 

– वाचन गर्नेले कुनै अभक्ष खाएको हुनुहुँदैन । 

– कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । 

– स्वस्थानीको व्रत बसेको एक महिनाको अवधि भर रजस्वला भएको महिलालाई नछुने । 

– महिना दिनसम्म नुन, मरमसला, नखाने । साथै जुत्ता, चप्पल र मोजाहरु लगाएको मानिसहरुलाई नभेट्ने तथा नछुने । 

 – व्रतालुले एक महिनासम्म फलफूल र दुधहरु मात्र खाने । 

– मदिरापान तथा धुम्रपान नगर्ने । 

–  फलफूलमा पिँडालु, तरुल, सुन्तला र उखुजस्ता फलफूलमात्र खाने । साथै दुध र पानी, दही मात्र पिउने । 

– भोजन गर्दा गर्दै बीचमा नउठ्ने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =