ओली-प्रचण्ड छलफलमा, सभामुखबारे होला त सहमति ?

माघ ३, काठमाडौँ । शुक्रबार बिहानैदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच सभामुख चयनका विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वयबीच छलफल शुरु भएको हो । यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफलमा शुक्रबार छलफल गरेर सभामुखबारे निर्णय गर्ने सहमति भएको थियो ।   

सोही सहमतिका आधारमा अहिले प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच छलफल शुरु भएको हो । बालुवाटार श्रोतका अनुसार सम्भवतः आजसम्म सभामुख बारे टुङ्गो लाग्ने छ ।   

Image result for ओली-प्रचण्ड

यसअघि प्रधानमन्त्री ओलीले सभामुखमा सुवास नेम्वाङको नाम अघिसारेका थिए, तर पूर्वमाओवादी पक्षले भने सभामुख पद आफ्नो भागमा परेको भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =