कारले स्कुटरलाई ठक्कर दिदाँ युवतीको मृत्यु

फाइल फाेटाे 

पुस १७, बुटवल । गएराती बुटवलमा कारले स्कुटरलाई  ठक्कर दिदाँ एक २२ वर्षिय युवतीको मृत्यु भएको छ ।   

रातको करिब १०ः३० बजे लु २२ प १८२३ नम्बरको स्कुटरलाई  नम्बर नखुलेको कारले  बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोक ठक्कर दिदाँ उक्त युवतीको मृत्यु भएको हो ।   

Image result for कारले स्कुटरलाई ठक्कर दिदाँ

मृत्यु हुनेमा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको रहेको प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्  । 

उनलाई ठक्कर दिने कारको खोजी तीब्र रुपमा खोजीकार्य भई रहेको प्रहरीले जनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =