क्यान महासंघ पर्साको भोलेन्टियर मिट सम्पन्न

पुस २६, वीरगञ्ज । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ पर्सा (क्यान महासंघ) को भोलेन्टियर मिट सम्पन्न भएको छ ।
क्यान महासंघ पर्साले क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा आगामी माघ ९ देखि १३ गते सम्म वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२० का लागि स्वयंसेवक (भोलेन्टियर) मिट सम्पन्न भएको हो ।
वीरगञ्ज महानगरपालिका कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा लगभग ४५ सहभागीलाई सृजनशिल युवाहरुको समूह संस्कृतिकी अध्यक्ष शैली चौधरीले सहभागीहरुलाई नेतृत्व विकास र भोलेन्टियरशिप बारे अभिमुखीकरण गरेकी थिइन् ।

कार्यक्रममा क्यान महासंघ पर्साका सह–सचिव गणेश सर्राफ, सदस्यहरु सुरज बाबु पटेल, आशु कुमार सर्राफ, पुनम सर्राफ, निक्की रौनियार, दिलिप चौधरी, रंजन कुशवाह र संस्कृतिका किरण गिरि, मनिषा शर्मा, विवेक बरनवाल, आयुष पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।








