भारतले संसारकै लामो ६५०० मिटरको केक बनाएर विश्व रेकर्ड राख्यो

माघ २, भारत ।  गत बुधबार विश्वकै सबैभन्दा लामो केक भारतको केरलामा बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ । १५ सय जना वेकर र सेफ हरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६.५ किलोमटिर लामो छ । यो केकको निर्माणसँगै यसअघि चीनले राखेको ३।२ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ । 

उक्त केक हज्जारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो । त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग भएको थियो । 

वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वर्ल्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन । 

नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने आशा राखेका छन् । उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् । 

स्मरण रहोस्, सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *