आज पुस २२ गते मंगलवार यस्ताे छ पञ्चाङ्ग र यहाँकाे याेगफल

आजको पञ्चाङ्ग
वि.सं. २०७६ पुस २२। मंगलबार। इ.स. २०२० जनवरी ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। द्वादशी, २६:२९ उप्रान्त त्रयोदशी। नक्षत्र– कृत्तिका, १४:०५ बजेउप्रान्त रोहिणी। योग– शुभ, २२:०४ बजेउप्रान्त शुक्ल। करण– वव, १४:१५ बजेदेखि वालव, २६:२९ बजेउप्रान्त कौलव। आनन्दादिमा गद योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी २ पला। मुस्याडुली। त्रिपुष्कर योग १४:०५ बजेसम्म। सर्वार्थसिद्धि योग १४:०५ बजेसम्म।
२२ पौष २०७६ मंगलवारको राशिफल
null
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन भावुक र उत्ताउलो बन्नला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममपनि मनमुटाव आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेमीको सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथै सफल यात्राका योग पनि देखिन्छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल








