हिजो को कति परेछन् मापसेमा ? एकै दिन ११८ ट्रिपर कारवाहीमा परे

पुस २५, काठमाडौं । आजकल मेट्रो ट्राफिक कार्यालयले हरेक दिन उपत्यकामा हुने ट्राफिक गतिविधिलाई सार्वजनिक गर्ने गरेको छ । मेट्रो ट्राफिकले सर्वसाधारण जनतालाई ट्राफिक नियमको पालना गराउनका लागि दैनिक गतिविधिहरु सार्वजनिक गर्ने गरेको बताएको छ ।   

हिजो पुस २४ गते मेट्रो ट्राफिकले मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८४ जनालाई कारवाही तथा जरिवाना गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको हो । यसैगरी सवारी लेन मिचेर सवारी चलाउनेहरु ९५ जना कारवाहीमा परेका छन् ।   

मिटरमा नजाने, बढि भाडा असुल्ने ४१ ट्याक्सीलाई कारवाही गरिएको छ । यहाँसम्मकी जेब्राक्रसिङ माथि सवारी रोक्ने २७ सवारी साधन कारवाहीमा परेका छन् ।   

Image

११८ वटा ट्रिपरलाई विभिन्न शिर्षकमा कारवाही गरिएको मेट्रो ट्राफिकले जनाएको छ । सि.सि.टि.भि. मार्फत पनि ट्राफिक नियम तोड्ने ६६ जनालाई कारवाही गरिएको छ । फुटपाथमा पार्किङ गर्ने १२० जना कारवाहीमा परेका छन् । हर्न निषेधित क्षेत्रमा हन बजाउने ५३ जना अनाधिकृत पार्किङ उपर ह्वील लक र चेन लक कारवाहीमा ९५ जना परेका छन् । अन्य कारवाहीमा पर्नेहरु पनि १२२१ रहेका छन् । हिजो मात्रै मेट्रो ट्राफिकले १९२० जनालाई कारवाहीको दायरामा ल्याएको छ ।   

काठमाडौं उपत्यकामा हिजो एक दिन मात्रै सानाठूला गरेर ३२ सवारी दुर्घटना भएका छन् । जसमा सामान्य घाइते हुनेको संख्या २२ रहेको छ । एक जना गम्भिर घाइते भएको मेट्रो ट्राफिकले जनाएको छ । हिजो उपत्यकामा १८ २११ सवारी भित्रिँदा १६९८० सवारी विभिन्न नाका हुँदै बाहिरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =