बागलुङको कपास उद्योगमा आगलागी

माघ १५, बागलुङ । मंगलबार बागलुङको एक कपास उद्योगमा आगलागी हुँदा कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको छ ।   

बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा  विद्युत चुहाहट भएर आगलागी हुँदा उक्त क्षती हुन पुगेको हो ।   

प्रहरीका अनुसार आगलागीबाट पार्किङमा राखेको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षती भएको छ ।   

Related image

प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीका अनुसार  आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =