चर्चामा प्रितिको अफयेर, सलमान खानसँग थिइन् सम्बन्धमा ?

माघ १७, काठमाडौं । बलिउड अभिनेत्री प्रिति जिन्टा ती अभिनेत्रीहरुमा पर्छिन् जसको अतित विवादले भरिपूर्ण छ । प्रिति जिन्टाको व्यक्तिगत विवादका कुरा गर्ने हो भने उनी अग्र स्थानमा नै पर्छिन् ।   

  

३१ जनवरी १९७५ मा जन्मिएकी प्रिति जिन्टा हिमाञ्चल प्रदेशको शिमलमा रहँदै आएकी छिन् । प्रितिले ४१ सालको उमेरमा जीनी गुडइनफसँग विवाह गरेकी थिइन् ।   

Image result for प्रीति सलमान

त्योभन्दा अघि प्रिति विभिन्न सेलिब्रेटीसँग रिलेशनशिपमा थिइन् ।   

प्रिति जिन्टा र नेस त्यो समयमा नजिक आए जब दुवै प्रिमियर लिगको टीम किंग्स ११ पञ्जाबका मालिक थिए । मुम्बई डाईंगका मालिक नेससँग प्रिति २००६ देखि २००९ सम्म सम्बन्धमा थिइन् । तर १३ जुन २०१४ मा प्रितिले आफूमाथि दुव्र्यवहार गरेको भन्दै नेसविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनीहरुको सम्बन्ध टुंगिएको थियो ।   

भारतीय क्रिकेट टीमका खेलाडी युवराज सिंह, मार्क रविनसन, दिग्गज बलिउड अभिनेता शेखर कपूर सँग पनि प्रितिको अफेयर चलेको थियो ।   

प्रिति जिन्टा र सलमान खानको सम्बन्धबारे पनि खबर आइरहन्थ्यो । जब प्रिति नेससँगको सम्बन्धमा थिइन्, त्यतिबेला खानसँगको घनिष्ठताका कारण नेससँग पनि उनलाई कठिनाइहरूको सामना गर्नुपरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *