कानाजावा कप अन्तर्राष्ट्रिय कराते भोलिदेखि

माघ ३, काठमाडाैँ ।  नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । 

प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका करिब २ सय खेलाडी सहभागी हुने आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी   दिए । 

 प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले बताए । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा खेलाइने छ । 

8.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =