प्रक्रिया पुर्याएरै यतीसँग सम्झौता गरिएको हो : प्रधामन्त्री ओली

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यती होल्डिङसँगको सम्झौता कानुनसम्मत भएको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु भएको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले दरबारमार्ग स्थित नेपाल ट्रष्टको जग्गा यतीलाई प्रक्रिया पु¥याएरै दिएको जिकिर गरे ।   

सरकारले जग्गा भाडामा दिने नीति लिएपछि त्यसको कार्यान्वयन उसको दायीत्व भएको बताउँदै उनले लेखाईमा गल्ति हुँदा विवाद आएको बताए । उनले २ अर्ब लेख्नु पर्नेमा गल्तीले ६ अर्ब रुपैँया लेखिएको जानकारी दिए ।   

उनले प्रतिस्पर्धात्मक मूल्य कायम गरी उक्त जग्गा यती होल्डिङ्सलाई दिएको बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =