‘दि कर्मा’ को ‘साना साना सपना’ गीत सार्वजनिक

  

माघ १०, काठमाडौँ ।  देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र  ‘दि कर्मा’ को ‘साना साना सपना’ गीत सार्वजनिक भएको छ ।   

३ मिनेट भन्दा लामो  सार्वजनिक गरिएको उक्त  गीतको भिडियोमा  चलचित्रको मुख्य पात्र जयराज राय र संगीतालाई फिचर्ड गरिएको छ ।   

Image result for ‘दि कर्मा’ को ‘साना साना सपना’ गीत

केतन क्षेत्रीको स्वर रहेको यस गीतमा  संगित भने मानस विक्रम थापा र अंकित बाबु अधिकारीको रहेको छ । गीतमा शब्द भने मानसकै रहेको छ ।   

भारत र नेपालको बोर्डरमा हुने अपराधिक घटनाको बिषयबस्तु समेटिएर बनाईएको यस चलचित्रमा  जय र संगीतासँगै परमिता आर.एल. राणा. करण वर्मा, निता ढुंगाना, बुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारको भूमिका रहेको छ ।   

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रमा कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । तराई क्षेत्रमा छायाँकन गरिएको यस चलचित्र आगामी माघ १७ गतेबाट देशभर प्रदर्शन हुनेछ ।   

https://youtu.be/vfrsWvt2w3s 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =