अर्किड कप फुटबल हुँदै

पुस २८, काठमाडाैँ । अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । 

प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । गत संस्करणमा ४० टिम सहभागी थिए । 

विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजककै मैदानमा हुने छ । चौथो संस्करणको उपाधि श्रमशीलले जितेको थियो । 

Image result for फुटबल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =