राजपा नेतृत्वलाई सरकारमा नजान नेताहरुको चेतावनी
२०७६ माघ ८ गते

माघ ८, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)का सातजना नेताले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा तत्काल सहभागी नजान नेतृत्वलाई खबरदारी गरेका छन्।
चार उपाध्यक्षसहित सात नेताले पत्र लेख्दै आफ्नो नेतृत्वलाई चेतावनी दिएका हुन् । केही दिन यातादेखि राजपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने चर्चा चलिरहेका बेला राजपाका वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुल्क र वृशेषलाल चन्द्रलगायत सात नेताले पत्र लेख्दै आफ्नो नेतृत्वलाई तत्काल सरकारमा प्रवेश नगर्न चेतावनी दिएका हुन्।
अध्यक्ष मण्डलका संयोजक महेन्द्र रायसमक्ष पत्र बुझाएको राजपाका एक नेताले बताए ।

२०७६ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








