सबै विदेशी मुद्राको भाउ बढ्यो, हेर्नुस् आजको विनिमय दर

पुस १६, काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा तोकेको छ ।   

त्यस्तै, साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ ।   

त्यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै, आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ ।   

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ पैसा रहेको छ । यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ ।   

त्यस्तै, कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा तोकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =