छापाः शुरु भयो भ्रमण वर्ष, नेपाल घुम्न पर्यटकलाई आह्वान, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पुस १७, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाहरुले नेपाल भ्रमण वर्ष २०२० को बिषयलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा मुख्य समाचारको रुपमा छापेका छन् ।
गोरखा पत्रले ‘नेपाल घुम्न पर्यटकलाई आह्वान’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।
त्यस्तै, कान्तिपुर दैनिकले ‘शुरु भयो भ्रमण बर्ष’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘बलात्कार र बेचबिखन मुद्दामा धरौटी मात्रै ?’ भन्ने शिर्षकमा समाचार छापेको छ ।

त्यस्तै, राजधानी दैनिकले ‘२० लाख पर्यटक भित्र्याउने लक्ष्य’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।
भने, नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘विश्वलाई नेपाल घुम्न निम्तो’ भन्ने शीर्षकमा समाचार छापेको छ ।
अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः








