वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न, सेल्स म्यानेजर सुरेश जयसवाललाई ट्रफी प्रदान

माघ १२, काठमाडौँ । एघारौँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘राष्ट्र का लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ’ भन्ने नाराका साथ माघ १० गतेबाट सुरु भएको तीन दिने प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिता नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राङ्गणमा गरिएको थियो । सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ’ नारा सहित प्रतियोगिता माघ १० देखि १२ गतेसम्म ३ दिन चलेको थियो ।
ब्रिज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्बिनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । ब्रिज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पी.पी.सी.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पी.एस.सी.) सिमेन्ट उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ ।
कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पी.पी.सी. सिमेन्ट अन्तर्गत वृज, लक्ष्मी, वृज गोल्ड, ब्रिज सुपरकिंग्स र स्मार्ट सिमेन्ट ब्रान्डहरू उत्पादन गर्दछ । पी.एस.सी. सिमेन्ट अन्तर्गत ब्रिज सुपर पावर व्राण्डउत्पादन गर्दछ । गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकांश स्थानमा यसको माग भई बिक्री वितरण हुनाले ब्रिज सिमेन्ट समस्त देशवासीको चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणी सिमेन्ट उद्योगकोरुपमा स्थापित भएको छ । यसका अलावा विभिन्न क्षेत्रहरूमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफ्नो सामाजिक दायित्व निर्वाहमा अहं भूमिका बहन गरेको छ ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराईको थियो ।
प्रदर्शनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई ब्रिज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले ब्रिज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।








