खैरहनीमा नगरस्तरिय युवा सञ्जाल गठन

माघ १४, चितवन ।  खैरहनी नगरपालिकाले नगर भित्र रहेका युवाहरुलाई समेटेर नगरस्तरिय  युवा सञ्जाल गठन गरेको छ । मंगलवार नगरपालिकामा भएको युवाहरुको भेलाबाट सञ्जालको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।  

जसको अध्यक्षमा आतिश लामिछाने रहेका छन् । उपाध्यक्षमा अस्मिता सापकोटा,सचिवमा मनिष बस्नेत,कोषाध्यक्षमा स्मृति अधिकारी र सहसचिवमा सुजाता नेपाल रहेका छन् । त्यस्तै सदस्यहरुमा सक्षम सुवेदी,अन्जु प्रजा,अर्पना पाठक,अप्सरा महतो,निराजन खनाल र सम्साद आलम रहेका छन् ।  

नवगठित कार्यसमितिले नगरभित्र रहेका युवाहरुलाई रचनात्मक काममा परिचालन गर्न भुमिका खेल्ने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताए । पौड्यालका अनुसार युवाहरुले नगरको निति कार्यक्रममा रहेर विकास निर्माणको काममा सघाउने,लागूऔषध दुर्व्यसनबाट युवाहरुलाई जोगाउने खालका कार्यक्रम संचालन गर्ने उदेश्यले युवा सञ्जाल गठन गरिएको हो । 

 युवा सञ्जाल गठनको भेलामा वडाध्यक्षहरु रामशरण पाण्डे,टिकादत्त इटनी,मनेजर महतो,टेकवहादुर थापा क्षेत्री,टिकाराम तिमल्सीना समेतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =