काठमाडौँमा मोटरसाइकल चोरी गर्दा गर्दै पक्राउ

पुस २२, काठमाडौँ । मंगलबार बिहान काठमाडौँमा एक २० वर्षीय युवक मोटरसाइकल चोरी गर्दा गर्दै पक्राउ परेको छ ।   

काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गरेर डोर्‍याएर ल्याई रहेको अवस्थामा प्रहरीले काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई पक्राउ गरेको हो । 

तामाङलाई महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन् ।   

Image result for मोटरसाइकल चोरी गर्दा गर्दै पक्राउ

पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *