मोरङमा बम बिस्फोट
२०७६ माघ ६ गते

माघ ६, मोरङ । गएराती मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको छ ।
उक्त गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष नरबहादुर राईका अनुसार रातको करिब ९ बजे अज्ञात समूहद्वारा तीनवटा स्काभेटरमा बिस्फोट भएको हो ।
उनका अनुसार उक्त उर्लाबारीको किसानचोक–रमिते सडक निर्माणका लागि सडक छेउमा राखिएको थियो ।

उक्त बिस्फोट कसले र किन गर्यो कारण खुल्न नसकिएको र बिस्फोटको जिम्मा हाल सम्म कसैले पनि नलिएको प्रहरीले जनाएको छ । तथापी बिस्फोटको आशंका नेत्रविक्रम चन्द विप्लव समूहमाथी गरिएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको पहरीले जनाएको छ ।
२०७६ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








