सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वाेच्चमा हेर्दाहेर्दैमा

माघ १३, काठमाडौं । सर्वाेच्च अदालतमा रहेको सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दा हेर्दैमा परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पक्षका अधिवक्ताहरुको बहस नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ। 

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो  । मंगलबार पनि बहस जारी रहनेछ। सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओमप्रकाश अर्याल, राजेश चापागाईं, बाबुराम गिरीलगायले बहस गरेका थिए। 

मंगलबार सापकोटा पक्षका अधिवक्ताहरुले बहस गर्नेछन्। द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =