सभामुखको शपथ ग्रहणमा बाधा पुर्याउन खोज्ने १० जना पक्राउ
२०७६ माघ १३ गते

माघ १३, काठमाडौँ । सोमबार नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहण कार्यक्रममा बाधा पुर्याउन खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज राष्टिपति कार्यलय शीतलनिवास अगाडि सापकोटालाई पद तथा गोपनियताको शपथ ग्रहण नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेल रहेको महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटी जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुले हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।
२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








