ईलाममा दाईको कुटपिटबाट भाईको मृत्यु
२०७६ पुस २१ गते

पुस २१, ईलाम । गएराती ईलाममा दाजुभाइबीच झगडा हुँदा दाईको कुटाईबाट उनको भाईको मृत्यु भएको छ ।
ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा ४८ बर्षीय रामबहादुर रसाइलीको कुटाईबाट उनको ४६ बर्षीय भाई हर्कबहादुर रसाइलीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार रामबहादुरले मादक पदार्थ सेवन गरी भाईलाई कुटपिट गरेपछी भाईको मृत्यु भएपछी उनी फरार भएका छन् ।

फरार रामबहादुरको खोजीकार्य भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
२०७६ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित








