भण्डारा दुग्ध सहकारीको चुनाव हुँदै, अध्यक्षमा थपलिया र तिमल्सीनाको दावी

पुष २५, चितवन । राप्ती नगरपालिकाको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनका लागि शनिबार अधिवेशन हुँदैछ । आगामी चार वर्षे कार्यकालकाको नयाँ समिति चयनका लागि मतदाननै हुने निश्चित भएको छ ।  

नयाँ नेतृत्वका लागि संस्थाका वर्तमान अध्यक्ष डिल्ली प्रसाद थपलिया र संस्थापक अध्यक्ष रामप्रसाद तिमल्सीनाले दावी गरेका छन् । श्रोतका अनुसार दुबै जनाले अध्यक्ष पदबाट पछि नहट्ने बताएका छन् । वर्तमान अध्यक्ष थपलिया अघिल्लो अधिवेशनमा मतदानबाटै निर्वाचित भएका थिए । थपलियाले हाल राप्ती ४ का वडा सदस्य जगन्नाथ श्रेष्ठलाई १ सय २७ मतले पराजीत गरेका थिए ।  

थपलियाले संस्था र यहाँका किसानका पक्षमा गरेको कामका आधारमा पुन अध्यक्षमा निर्वाचित हुने धेरैको विश्वास छ । राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक समेत रहेका थपलियाको कार्यकालमा भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दुवानीका लागि रिक्सा विस्थापित गरेर गाडी खरिद गरेको छ ।  

राप्ती नगरपालिका ४ मा निर्माण भएको पशु दाना उद्योग स्थापनामा पनि थपलियाले महत्वपूर्ण भूमिका खेलेका छन् । नगर भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्था, राप्ती नगरपालिका र प्रदेश सरकारको सयुक्त लगानीमा दाना उद्योग स्थापना गरिएको छ । जसको शनिबारनै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  

कुल ९ सय १६ शेयर सदस्य रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको आगामी नेतृत्वमा पनि आफुनै निर्वाचित हुने थपलियाको दावी छ । नयाँ कार्य समिति चयनका लागि राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी प्रमुख निर्वाचिन अधिकृत रहेको निर्वाचन समिति बनाईएको छ ।   

हेरौ थपलियाको कार्यकालमा भएको प्रगति र काम   

१. राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त । २. ७० वर्ष उमेर पार गरेका शेयरधनीलाई जेष्ठ शेयर धनी पोषण खर्च र एकल महिला शेयर सदस्यलाई सेयरधनी एक महिला प्रेरणा खर्च स्वरुप मासिक ४०० रुपैया वितरण गर्ने प्रथाको प्रारम्भ । 

३. निशुल्क गर्भाधान,घाँसको बीउमा अनुदान, बीमा कार्यक्रम, छात्रवृत्ती वितरण, म्याट खरिदमा अनुदान, दाना उद्योग स्थापना,दशै खर्च वितरण जस्ता कृषकमैत्री कार्यक्रमहरु ।  

४. स्थापनाको दिन ४ लिटर दुध संकलन भएको र हाल सरदर दैनिक ९ हजार लिटर दुध संकलन । 

५. शहरको नगदलाई ग्रामिण भेगमा भित्र्याउने सेतुको भूमिका ।  

६. इमान्दारीता,परादर्शीता र जवाफदेहिता प्रति पूर्ण प्रतिवद्ध संस्था स्थापित ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =