आठौँ हिसान स्पोर्ट्स मिट : बास्केटबलको उपाधि विकेभिएमलाई, फुटबलमा रेड स्टार र कान्तिपुर सेमिफाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) मोरङले आठौँ हिसान स्पोर्ट्स मिट अन्तरगत मङ्गलवार भएको खेलमा बास्केटबलको उपाधि विकेभिएमले जितेको छ ।   

सुन्दरहरैचाको व्राइट फ्युचरलाई ३६–३४ अङ्कले पराजित गर्दै विकेभिएम कलेजले उपाधि जितेको हो ।   

फाइनल खेलको म्याच अफ द फाइनल विकेभिएमका वरदान चालिसे घोषित भए । चालिसे म्यान अफ द सिरिज समेत घोषित भए ।   

यस्तै, फुटबलमा रेड स्टार र कान्तिपुर सेमिफाइनलमा पुगेका छन् भने भलिबलको फाइनलमा कोसी र लर्डबुद्ध कलेज प्रवेश गरेका छन् । 

फुटबलमा पथरीको रेड स्टार कलेजले विराटनगरको मेरिल्यान्डलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  खेलको एक मात्र निर्णय गोल डिम्पल लिम्बुले गरे । लिम्बु खेलको म्यान अफ द म्याच समेत घोषित भए । 

दोस्रो खेलमा कान्तिपुर कलेजले अर्किड कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिपकुमार चौधरी घोषित भए । 

भलिबल छात्रातर्फ कोसी मल्टीपल कलेज र लर्डबुद्ध कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोसी मल्टीपल कलेजले मेरिल्यान्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेजले शिक्षादिप कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *