डि.ए.भि. वातावरण क्लबद्वारा बज्रबाराहीमा सरसफाइ कार्यक्रम

पुस १८, काठमाडाैँ ।  डि.ए.भि. कलेजको बातावरण क्लबले पौष १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । 

 वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो । 

सरसफाइ अभियान बिहान दस बजे सुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =