नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्री खतिवडाको निर्देशन

माघ १३ काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउन निर्देशन दिएका छन् ।   

सङ्घीय संसदको अर्थ समितिको आजको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले सो निर्देशन दिएका हुन् ।   

मन्त्री खतिवडाले कर्मचारी सञ्चयकोषका अध्यक्ष समेत रहेका राजश्व सचिव शिशिरकुमार ढुङ्गानालाई निर्देशन दिँदै भनेका छन्,‘कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ । सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस् । 

null

उनले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएकोसमेत बताएका छन् । कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास रहेको मन्त्री खतिवडाले बताए । सरकार कोषको सहायक कम्पनी स्थापना गरी पूँजीबजारमा लगानी बढाउने तयारीमा अगाडी बढेको उनले स्पष्ट पारेका छन् ।   

छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभई पूँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रीत हुन लागेको बताए । उनले सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्ने बताएँदै त्यसका लागि कोषको पूँजी रु तीन अर्ब पर्याप्त रहेको बताएका छन् ।   

कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र सङ्कलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको उनको भनाइ छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *