विराटनगरमा भ्रमण वर्ष २०२० काे समुद्घाटन समाराेह भव्यताका साथ सम्पन्न (फोटो फिचर)
२०७६ पुस १७ गते

पुस १७, विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन प्रदेश नं.१ को राजधानी विराटनगरमा भव्यताका साथ समुद्घाटन समाराेह सम्पन्न भएको छ ।
विराटनगर स्थित शहिद रंगशालामा बुधबार प्रदेश नं.१ का मुख्य मन्त्री तथा भ्रमण वर्ष मुल आयोजक समिति संयोजक शेरधन राईले औपचारिकरुपमा समुद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा विद्यार्थी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै नेपाल स्काउटको मार्चपास थियो । भने विभिन्न जातजाति समुदायको झाँकी, नृत्यका साथै हेलिकप्टरबाट पुष्प वर्षासमेत गरिएको थियो ।
उद्घाटनमा भारतको सिक्किम बंगाल र बिहार राज्यका सांसद र पर्यटन व्यवसायीहरुको समेत सहभागीता रहेको थियो ।
२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








