आज पाँचौँ राष्ट्रिय योग दिवस मनाइँदै

माघ १, काठमाडौं । आज पाँचौं राष्ट्रिय योग दिवस । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज (बुधबार) योग दिवस मनाइँदैछ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो। त्यसका लागि सरकारले बजेटसमेत छुट्ट्याएको छ।
शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शरीरिक आसनलाई योग भनिन्छ। योगलाई आध्यात्मिक प्रक्रिया पनि मानिन्छ। जसले शरीर, मन र आत्मलाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ।

बदलिँदो समयसँगै नेपालको सन्दर्भमा योगको माग बढेको गएको छ । अन्तर्राष्ट्रिय रूपमै मान्यता पाएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आहिले (आरोग्य) दिवसको हिसाबले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।
एक अध्ययनले २०३० सम्ममा योगको कमीले एउटा घरमा एक जना मानसिक रोगले ग्रस्त हुने आँकलन गरिएको छ ।
योग दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट पारित गरेर विश्व स्वास्थ्य सङ्गठनले प्राथमिकता दिँदै विगत ४ वर्षदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारण, ध्यान, समाधि आदि योगको माध्यमबाट व्यक्तिले आफूलाई निरोगी र स्वास्थ राख्न सक्दछ। नियमित योग गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन समाधान र शारीरिक सन्तुलन कायम हुने विज्ञको भनाइ छ।








