सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता आफैं रोए

पुस २२, काठमाडाैँ  । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता खामेनी आफैं रोएका थिए । खामेनी रोइरहँदा त्यहाँ उर्लिएका हज्जारौ० जनाको भीड शोकमा डुबेको देखिन्थ्यो । 

श्रद्धाञ्जलीसभामा लाखौं इरानी सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । हज्जारौं युवायुवतीहरुको उपस्थिति रहेको सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध नारा लेखिएका ब्यानरहरु बोकेका थिए । एउटा ब्यानरमा लेखिएको थियो, ‘कासिमको जुत्ताको मूल्य ट्रम्पको टाउकोको मूल्य भन्दा बढी हो।’ सडकमा युवा र वृद्धहरू ठूलो संख्यामा उपस्थित थिए भने महिलाहरु कालो पोशाकमा उपस्थित थिए । 

सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।  

उनी ६२ वर्षका थिए । सुलेमानीको मृत्युलगत्तै अमेरिका र उसले लिएको एक्सनको विश्वभर आलोचना सुरु भएको छ । यो घटनापछि इरान र अमेरिकाबीच थप तनाब बढेको छ । इरानले अमेरिकासँग बदला लिने प्रतिज्ञा गरेको छ । सुलेमानी इरानका लोकप्रिय सैन्य जनरल रहेका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *