३ नम्वर प्रदेशसभा बैठक : राजधानी भक्तपुर राख्न माग

पुष २३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) ले तीन नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि त्यसको चर्काे विरोध हुँदै आएको छ । यसैबीच तीन नम्वर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ ।   

बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए । 

सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो ।   

छलफलका क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारे । उनले भक्तपुर राजधानीको लागि उपयुक्त हुने जवाफ दिएका छन् । उनले १३ वटै जिल्लाका लागि भक्तपुर केन्दूविन्दु हुने दावी गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =