यात्रुसँग बढी भाडा लिने २६ जना ट्याक्सी चालकमाथि कारवाही
२०७६ पुस १७ गते

पुस १७, काठमाडौं । मिटरमा जान नमान्ने २६ जना ट्याक्सी चालक कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो काठमाडौंका विभिन्न ठाउँमा गरी २६ जना ट्याक्सी चालक कारवाहीमा परेका हुन् ।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।-फाइल तस्विर

२०७६ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








