एमसीसी कुनैपनि सैन्य संगठनसँग जोडिएको छैन : प्रधानमन्त्री

माघ १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बुधबारबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सर्तहरुका बारेमा बोल्दै इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन् । उनले उक्त कम्पक्ट एसिया, अफ्रिका र दक्षिण अमेरिकाका गरि ४९ देशसँग भएको भन्दै यसलाई इण्डो प्यासेफिकसँग जोड्नु बेकार रहेको बताएका हुन् ।   

उनले २०७४ भाद्र २९ मा तत्कालीन नेपाल सरकारका अर्थमन्त्रीले हस्ताक्षर गरेका बताउँदै त्यसैअनुसार ५ सय मिलियन अमेरिकी डलर अमेरिकाले प्रदान गर्ने भन्दै यो सहयोग कुनैपनि सैन्य संगठनमा नजोडिने दाबीसमेत गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =