दुबै मृगौला फेल भएकी ताल कुमारीलाई आर्थिक सहयोग

माघ ७, धरान । दुबै मृगौला फेल भएकी धरान ४ निवासी ताल कुमारी मगरलाई उपचारमा सहयोग पुगोस् भन्ने अभिप्रायले आर्थिक सहयोग गरिएको छ ।
सहयोग रकम मृगौला रोग बिशेषज्ञ प्र.डा.संजीव शर्मा, (ईजरायलमा) मा रकम संकलन गरेका ठुली चन्द्रकला राईका छोरा जेम्स राई, पत्रकार रत्न प्रसाद आचार्यको पहलमा धरानमा नै संकलन गरको रकम प्रतिष्ठानकै डा. अशोक ऐयर, डा. बिकास शाहले सयुक्त रुपमा हस्तान्तण गरेका हुन् ।
उनीहरु सबै नै सहयोगी दाताहरु पनि हुन । उनीहरुले आफुले एक बिरामीलाई बचाउन सके सम्मको सबैले सहयोग गर्न आग्रह पनि गरेका छन ।

उनीहरुले मंगलबार बिरामी भर्ना भएको आकस्मिक कक्षबाट रगत जाच गर्नै स्थान सेन्ट्रल ल्याव लगिएको बेला मंगलबार दिउँसो करिब ३ बजे सोही कक्षको ब्लड जाँच गर्नै स्थानमा नै गई बिरामीको बेडमा नै उनका श्रीमान् पदम बहादुर राण मगरकै उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएकाे रकम कुल १ लाख ४ हजार रहेको छ ।
ईजरायलमा ठुली चन्द्र कला राईको पहलमा राम कडेल, लक्ष्मी राई, धना थापा, बाबुकाजी श्रेष्ठ, गीता सुबेदी, सिता कोईराला, ज्योती शर्मा, बाल कुमार साम्पाङ राई, लक्ष्मी अनुराघी भटटराई, उपेन्द्र राई, ज्ञानु राई, प्रेम शोभा राई, राधिका शाक्य, सरु राई, पेमु राई, सैलेन्द्र राई, नवराज ओली, कंसिस बान्तवा राई लगायतबाट संकलन गरेको रकम ९० हजार र अन्य रकम पत्रकार रत्न आचार्यको सहयोगमा संकलन गरेको रकम गरी सो बराबरको सहयोग गरिएको हो ।
मगर गत बि.स. २०७६ साल असोज २८ गतेबाट गम्भीर रुपमा बिरामी भई अस्पताल भर्ना सम्म भएका हुन भने उनका श्रीमान पदम बहादुर राण मगर आफनी श्रीमती बिरामी भएदेखी नै आर्थिक अवस्थाले साथ नदिदा ३२ महिनकाकी छोरी तेरीना मगरलाई लिएर पूर्वका झापा बिर्तामोड सम्म पनि मागेर उपचार गराएपनि ती रकम उनको श्रीमतीको मृगौला बचाउन प्रर्याप्त नभएको मकालु खबर सँग बताए
उनले भने ‘मेरो पहाडमा १५ कठठा जग्गा छ तर त्यहाँको जग्गा कसैले किने पनि त हुन्थ्यो नि ? त्यहाँको जग्गा पनि बिक्री नहुँदा मेरी श्रीमती मर्नु न बाँच्नुको दोधारमा छिन् । त्यसैले पनि सबैले मलाई सहयोग गरिदिनुहोस् ।’
मगरकी श्रीमतीको दुबै मृगौला फेल भई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत रहेको र मृगौला फेर्न लाखौँ लाख लाग्ने भएकोले पनि आफुसँग यती धेरै पैसा नभएका कारण थापा मगरले आफनी श्रीमतीको ज्यान बचाई दिनुहुन सबैमा अपिल पनि गरेका छन् ।
श्रीमतीकाे उपचारमा करिब ८ लाख खर्च भई सकेको छ भने केही दाताहरुको सहयोगबाट मगरलाई ४ लाख रुपैयाँ सहयोग पनि भएको छ । जुन रकम बिरामी बचाउन पर्याप्त छैन ।
जसका लागी धरानको कृषी बिकास बैंकमा मगरकै नाममा खोलिएको खाता नम्बर ०६०२७०१५४१०३९०१४ मा सहयोगी दाताले सक्दो सहयोग गरिदिनुहुन याचना पनि गरेका छन भने उनलाई सहयोग गर्न चाहनेहरूले मृगाैला पिडित मगरको श्रीमानको मोवाईल नम्बर ९८१५१७७०८१ मा सम्पर्क गरी रकम सहयोग गर्न सक्नेछन् ।








