सभामुखको टुङ्गो लगाउँन नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

पुस २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसीरहेको छ । विहान ९ बजेदेखि जारी बैठकमा सभामुखको उम्मेदवार र आगामी केन्द्रीय समिति बैठक सचिवालय बैठकलगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताए । 

नेकपा सभामुख टुंगो लगाउने दबावमा छ । सभामुख टुंगो नलाग्दाँ प्रतिनिधिसभा बैठक बस्न सकिरहेको छैन । पूर्व सभामुख कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त भएको छ ।   

यसैबीच नेकपाले यही यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी समेत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *