चारवटा थप कुकुर ल्याउने प्रहरीको तयारी
२०७६ माघ १ गते

माघ १, काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानका लागि थप ४ कुकुर ल्याउने भएको छ ।
युरोपियन मुलुकबाट १८ लाख रुपैयाँमा ब्लड हाउन्डर र बेल्जियम सेफर्ड वर्गको चारवटा कुकुर ल्याउन लागिएको हो ।
आगामी वैशाखसम्म कुकुर आउने गरी टेन्डर प्रक्रिया थालिएको नेपाल प्रहरीको कुकुर तालिम केन्द्रका प्रमुख डिएसपी रामचन्द्र सत्यालले जानकारी दिए । पछिल्लो समय अनुसन्धानमा कुकुरको माग बढेका कारण संख्या थप्न लागिएको डिएसपी सत्यालको भनाइ छ ।

२०७६ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








